वनस्खण्डी मन्दिरको साधारण सभा सम्पन्न

हेटौँडा । हेटौँडाको प्रख्यात धार्मिक धरोहर तथा पर्यटकिय स्थल वनस्खण्डी देवी मन्दिर संरक्षण समितिको २० औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले पुनः राममान श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । ११ सदस्यीय नवगठित समितिको उपाध्यक्ष रामचन्द्र बर्तौला, सचिव पवन कार्की, सहसचिव अरविन्द कुमार सिंह र कोषाध्यक्ष अमृत केसी चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा ज्ञान प्रसाद घिमिरे, सुमित्रा कार्की, कृष्ण बहादुर न्यौपाने र शर्मिला राउत, राजुराम राउत र देवकी केसीलाई चयन गरेको छ । कार्य समितिमा सबै पुरानै अनुहार रहेपनि राजुराम राउत र देवकी केसी नयाँ सदस्यको रुपमा चयन गरिएको छ । साधारण...