करेन्ट लागेर एकजनाकाे मृत्यु

हेटौंडा । हेटौंडा-१३ पदमपोखरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ।आइतबार बिहान हेटौंडा-१३ पदमपोखरी स्थित सिता कुमारी मैनालिको घरमा संचालित वर्कशप संचालन गर्दै आएको एक व्यक्तिको करेन्ट लागेर ज्यान गएको हो।मृत्यु हुनेमा सोही वडा बाचौर बस्ने अन्दाजी ३०/३५ बर्षका सहदेव गोले रहेको जनाइएको छ। वर्कशप संचालक समेत रहेका गोलेलाई मोटरसाटईकल धुने क्रममा अचानक करेन्ट लागेको र घाइते भएको र उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन्।घटनाको आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।