बीमा कम्पनीको दाबी भुक्तानी – ९ महिनामा साढे ५१ अर्ब भुक्तानी हुँदा ५२ अर्ब बक्यौता बाँकी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को ९ महिनामा बीमा कम्पनी (जीवन र निर्जीवन) हरुले साढे ५१ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्याङ अनुसार बीमा कम्पनीहरुले ५१ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ बढी बीमा दाबी भुक्तानी गरेका हुन् । बीमा दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने साढे १६ प्रतिशतले कम हो । बीमा कम्पनीहरुले अघिल्लो वर्षको चैत मसान्तसम्ममा ६२ अर्ब २२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा जीवन बीमा कम्पनीबाट १ लाख ४४...



















