मकवानपुर गोल्डकपको उपाधी मनाङ मर्स्याङ्दीको पोल्टामा

हेटौंडा । हेटौंडामा सम्पन्न पाँचौ संस्करणको ‘सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९’ मकवानपुर गोल्डकपको उपाधि मनाङ मस्र्याङदी क्लबले हात पारेको छ । केहिबेरअघि सम्पन्न फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि हात पारेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा मनाङका लागि रोशन रानामगरले खेलको ७७ औँ मिनेटमा गरेको गोल निर्णायक गोल बन्यो । उपाधिसँगै मनाङले नगद १५ लाख प्राप्त गर्ने भएको छ भने उपविजेता हिमालयन सेर्पा क्लबले नगद १० लाखसहित शिल्ड प्राप्त गर्ने भएको छ । प्रतियोगितामा मनाङका कप्तान तथा गोलकिपर दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले...