हेटौंडा सहित १३ वटै जिल्लामा कोरोना भाइरसबारे सर्तकर्ता अपनाइदै

निरन्तर न्यूज
२३ माघ २०७६, बिहीबार १६:२२

हेटौंडा । बागमती प्रदेशको हेटौंडा अस्पताल सहित १३ वटै जिल्लामा नोबल कोरोना भाइरसबारे सर्तकर्ता अपनाइदै गएको छ ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले स्वस्थ व्यवहारले नोेबल कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने बताएको छ ।

आज हेटौडा अस्पतालमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रमेश अधिकारीले कोरोना भाइरस हावामा एक मिनेट र मानव शरिरमा चौध दिनसम्म मात्रै जिवित रहन सक्ने हुँदा उक्त संक्रमण आफ्नै स्वस्थ व्यवहारले नियन्त्रण गर्न सकिने बताउनु भयो ।

स्वाथ्य निर्देशनालयका निर्देशक डाक्टर रमेश प्रसाद अधिकारीले मानिसको व्यक्तिगत व्यवहारले गर्दा कोरोना भाइरसबाट जोगिन सकिने बताए ।

उनका अनुसार नियमित साबुनले हात धुने, घरवरपर सरसफाई गर्ने, खोक्दा सावधानी अपनाउने, भीडमा नजाने, मासु र अण्डा खाँदा राम्रोसँग पकाएर खानेलगायतका काम गर्न सके कोरोना भाइरसबाट बच्न सकिने बताए ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, जेष्ठ नागरिक, दिर्घरोगीहरुलाई यो भाइरसले छिट्टै प्रभाव पार्ने भएकाले विशेष ख्याल गर्न तथा अन्य व्यक्तिसंग सम्पर्कमा आउँदा करिब तीन फिटको दुरी कायम गर्न उहाँले आग्रह गर्नुभयो ।

डाक्टर अधिकारीले विषेश गरी उच्च ज्वरो आउने, स्वासप्रस्वासमा समस्या, लामो समयसम्म रुघाखोकी लागिरहने लक्षण देखिए तत्काल चिकित्सकसंग परामर्श लिन सुझाव दिनुभयो ।

हेटौडा अस्पताल र चितवन अस्पतालमा पनि बिरामीमा भाइरसको लक्षण देखिए तत्काल छुट्टै राखेर उपचार गर्ने व्यवस्था गरिएको उहँँ।ले बताउनुभयो । ओपिडिमै सबै बिरामीको उपचार गर्दा भाइरस फैलन सक्ने भएकाले दुई बेडको छुट्टै दुई वटा कोठाको व्यवस्था गरिएको हो ।
बिश्वभरका २४ वटा देशमा २० हजार ६ सय ३० जनामा यसको संक्रमण देखिएको जानकारी दिँदै डाक्टर अधिकारीले चीनमा मात्रै २० हजार ४ सय ७१ जनामा यो संक्रमण देखिएको जानकारी दिनुभयो । अहिलेसम्म कोराना भाइरसका कारण २.२ प्रतिशतका दरले मानिसको मृत्यु भएको बिश्व स्वास्थ्य संगठनको तथ्याङकमा छ । उक्त भाइरसबाट हालसम्म ४ सय २५ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा भने संकास्पद १४ जनालाई परिक्षण गर्दा १ जनामा मात्रै यसको संक्रमण फेला परेको थियो । छिकेमी देश चीनबाटै कोरोना भाइरस फैलिएकाले नेपालमा पनि संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन सुरु गरिएको छ ।

त्यसको लागि सामाजिक विकास मन्त्रालय अन्तरगत उच्च स्तरिय समिति र प्रदेश स्तरिय द्रुत प्रतिकार्य समिति गठन गरी कार्य अघि बढाएको निर्देशक डा अधिकारीले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर गोकर्णममणी दुवाडीको संयोजकत्वमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा.रमेश अधिकारी, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. बसन्त अधिकारी, प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक बद्री खड्का, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। नारायण बहादुर कार्की, सामाजिक विकास मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा ।पुरुषोत्तम सेढाई लगायतको उच्च स्तरिय समिति गठन गरी नेपालको नाका तथा पर्यटकिय क्षेत्रहरुमा विषेश सावधानी अपनाइ काम भइरहेको छ ।

यस्तै स्वास्थ्य निर्देशक रमेश अधिकारीको संयोजकत्वमा प्रदेश प्रहरी प्रमुख, प्रदेश खानेपानी सरसफाई प्रमुख, सामाजिक विकास महाशाखा प्रमुख, हेटौडा अस्पतालका मेडिकल सुपरिटेण्डेट, पशु सेवा कार्यालयका प्रमुख, सामाजिक विकास मन्त्रालय चिकित्सा शाखा प्रमुख सम्मीलित प्रदेश स्तरिय द्रुत प्रतिकार्य समिति गठन गरीएको छ ।

संक्रमितलाई परिक्षण गर्दा चिकित्सकलाई समेत यो भाइरस सर्न सक्ने भएकाले प्रदेशभरीका सरकारी अस्पतालहरुमा एक थान चिकित्सक बचाउ गाउन खरिद गर्न निर्देशन दिइसकेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थाका निर्देशक डाक्टर वसन्त अधिकारीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*