सामूहिक बलात्कार घटनाका २ आरोपी पक्राउ

निरन्तर न्यूज
५ फाल्गुन २०७६, सोमबार १३:०४

जनकपुरधाम । प्रदेश २ को राजधानी जनकपुरधाममा सामूहिक बलात्कारको घटना बाहिर आएको छ । जनकपुरधाममा एक महिलाको सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् भने केही फरार रहेका प्रहरीले बताए ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय नरेश महतो र एक जना भारतीय नागरिक रहेको प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए ।

बलात्कार भएकी महिलाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको छ । फरार रहेका आरोपीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*