लायन्स क्लब अफ हेटौँडा मुक्तिनाथमा रमेश उप्रेती

निरन्तर न्यूज
१७ बैशाख २०७७, बुधबार १३:५४

हेटौंडा । हेटौंडामा मंगलबार भएको लायन्स क्लब अफ हेटौँडा मुक्तिनाथको वर्ष २०२०/२१ को अध्यक्षमा तेज प्रसाद उप्रेती (रमेश) चयन भएका छन ।

हेटौंडामा मंगलबार भएको क्लवको ५ औँ साभारणसभाबाट रमेशको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएका हो ।

सभाले क्लवको प्रथम उपाध्यक्षमा निराजन बर्तौला, द्धितिय उपाध्यक्षमा कमल फुँयाल, तृतिय उपाध्यक्षमा राजकुमार वास्तोला, सचिवमा कुमार पोखरेल, कोषाध्यक्षमा अमृत पाठक, सह–सचिवमा केशर श्रेष्ठ र सह–कोषाध्यक्षमा नितेश अमात्यलाई चयन गरेको छ ।

कार्यक्रम क्लबको वर्ष २०१९/२० का अध्यक्ष रोशन सापकोटाको सभाध्यक्षतामा भएको थियो ।

लायन्स क्लब अफ हेटौँडा मुक्तिनाथमा निवनिर्वाचित अध्यक्ष उप्रेती क्लबको संस्थापक सदस्य हुन भने बस्तीपुर जेसिजको कानुनी सल्लाहकार समेत रहेका छन्, ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*