आज र भोलि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए खुवाइदै

निरन्तर न्यूज
२२ असार २०७७, सोमबार ०७:५५

काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण रोकिएको दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम आजदेखि दुई दिनसम्म सञ्चालन हुदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज र भोलि देशभर सञ्चालन हुने राष्ट्रिय भिटामिन कार्यक्रममा ८ देखि १९ महिनाका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ८ देखि २० महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा वितरण छ ।

स्थानीय तहहरूमा कोरोना भाइरस संक्रमणको जोखिमबाट सुरक्षित रहने उपायहरु अवलम्बन गर्दै स्वास्थ्य केन्द्रहरुबाट भिटामिन ए कार्यक्रम सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार देशभर करिब ५२ हजार स्वास्थ्यस्वमसेवीले भिटामिन ए कार्यक्रम सञ्चालन गर्नेछन् जसअनुसार एक स्वास्थ्य स्वयम्सेवीले एक बुथ सञ्चालन गर्नेछन् ।

अहिलेको विषम परिस्थितिमा भिटामिन ए कार्यक्रम छुटाउनै नहुने भएकाेले स्वास्थ्य सुरक्षा अपनाएर मास्ककाे प्रयाेग, सामाजिक दुरी कायम राखी नजिकैका स्वास्थ्य केन्द्र तथा बुथहरुमा गएर आफ्ना बालबालिकालाई भिटामिन ए, जुकाको औषधि खुवाउन तथा बालभिटा लिन अभिभावकहरुलाई आग्रह गरिएकाे छ ।

दोस्रो चरणको भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते रहेकोमा कोरोना नियन्त्रणका लागि लगाइएकाे लकडाउनका कारण स्थगित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*