सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ९२ हजार ४ सय

निरन्तर न्यूज
२५ असार २०७७, बिहीबार १३:४१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य हालसम्मकै सर्वाधिक ९२ हजार ४०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

बुधबार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसअघि सुनको मूल्य ९१ हजार ७०० रुपैयाँसम्म पुगेर घटबढ हुँदै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*