वडावासीकाे घर डुवानमा परेपछि हेटाैँडा ५ का वडा अध्यक्ष र प्रहरी उक्त स्थानमा पुगे

निरन्तर न्यूज
२६ असार २०७७, शुक्रबार ११:३२

हेटौँडा । बिहिबार रातिदेखि लगातार सम्म परिरहेका बर्षाका कारण हेटौँडा उपमहानगरपालिका वार्ड नम्बर ५ अब्बलडाँडामा रहेको एउटा डुबानमा परेको छ ।

स्थानिय गोपीनि गौतमको घर डुबानमा परेपछि त्यसबारे सावधानी अपनाएर सुरक्षित स्थानमा लैजानकाे लागि वडाध्यक्ष राजेश बानियाँ सहित प्रहरीकाे टाेलीले स्थलगत वस्तुस्थित बुझेका हुन् ।

वडा अध्यक्ष बाँनीया र वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले गौतम परिवारलाई सुरक्षित स्थानमा लैजाने व्यवस्था गरेका छन् ।

वडाका अन्य स्थानकाे स्थलगत अनुमगन गरिरहेका  वडा अध्यक्ष बाँनीयाले पानीले समस्या उत्पन्न भएका खण्डमा केही परिवारलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था गरिसकेकाे जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*