भारतका कुख्यात गुण्डा नाइके विकास दुवे प्रहरी इनकाउन्टरमा मारिए
काठमाडौँ । भारतका कुख्यात गुण्डा नाइके विकास दुवे प्रहरी इनकाउन्टरमा मारिएका छन् । उत्तर प्रदेशको एसटिएफको टिमले उनलाई कानपुर ल्याउने क्रममा दुवेले भाग्न कोसिस गरेका थिए । विकास दुवे लगायत सुरक्षाकर्मी चढेको गाडी लडेको थियो ।
दुवेले प्रहरीको हतियार छिनेर भाग्ने प्रयास गरेका थिए । जबाफी कारबाहीमा उनी मारिएका हुन् । कानपुरमा भएको गोलीकाण्डपछि उनलाई खोज्न करिब ३ हजार प्रहरीहरु लागि परेका थिए ।
प्रहरीको २० जना टोली उनलाई रात दिन खोजिरहेको थियो । तर, एकपछि अर्को गर्दै उनी प्रहरीलाई झुक्याउँदै फरार हुन सफल भइरहेका थिए । तर, बिहीबार भने उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । कानपुरमा उनले ८ जना प्रहरीको हत्या गरेका थिए ।