अमिताभ बच्चनसँगै छाेरा अभिषेकलाई पनि कोरोना संक्रमण

निरन्तर न्यूज
२८ असार २०७७, आईतवार ०७:३०

काठमाडौं । भारतीय चलचित्र क्षेत्रका हस्ती अभिनेता अमिताभ बच्चनपछि उनका छाेरा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

अभिषेकले आफुलाई काेभिड १९ काे जाँच गरे पश्चात्  पाेजेटिभ भएकाे सामाजिक सञ्जालमा यसबारे पुष्टि गरेका छन् ।

यसअघि पिता अमिताभलाई संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनले आफुलाई कोरोना संक्रमणको पुष्टि भएको बताउँदै परिवार र कामदारको जाँच भईरहेको बताएका थिए ।

बच्चन परिवारले आफुसंग सम्पर्कमा आएका सबैलाई  काेराेना जाँचका लागि अनुराेध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*