फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेनले हात पार्याे

निरन्तर न्यूज
१० श्रावण २०७७, शनिबार ११:३१

काठमाडौं । फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेनले जितेको छ । गएराति सम्पन्‍न फाइनल खेलमा पिएसजीले १० खेलाडीमा सीमित सेन्ट इटिनलाई १-० ले हरायो ।

पेरिसको जीतमा नेयमारले एकमात्र गोल गरे । उनले खेलको १४औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भएको थियो ।

खेलको ३१औं मिनेटमा लोइस पेरिनले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको सेन्ट इटेनले गोल फर्काउन सकेन र पराजित हुन पुग्यो ।

पेरिनले पेरिसका केलियन एम्बाप्पेमाथि खराब फाउल गरेपछि उनलाइ सिधै रातो कार्ड देखाइएको थियो । एमबाप्पे पनि चोटग्रस्त हुँदै लगत्तै मैदान छाडेका थिए । चोटका कारण उनले दुइसातापछि हुने च्याम्पियन्स् लिगको क्‍वाटरफाइनल खेल खेल्ने सम्भावना न्यून रहेको छ ।

पेरिसको यो १३औं फ्रेन्च कप उपाधि हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*