फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कसरी

निरन्तर न्यूज
१५ श्रावण २०७७, बिहीबार ११:०४

काठमाडौं । आज (बिहीबार)सुनको मूल्य तोलाको ९९ हजार पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै महंगो मूल्य हो।

बुधबार तोलाको ९८ हजार ५०० मा कारोबार भएको थियो।

चैत १० गते ७७ हजार रहेको सुनको मूल्य ११ गतेदेखि लकडाउन भएसँगै कारोबार बन्द गरिएको थियो।

त्यसको साढे दुई महिनापछि जेठ २५ गते महासंघले नयाँ मूल्य तोकेको थियो। त्यतिबेला ८७ हजार ४०० मूल्य कायम गरिएको थियो। त्यसयता लगातार सुनको मूल्य बढिरहेको छ।

आज तेजाबी सुनको मूल्य ९८ हजार ५६० तोकिएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार २२५ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*