स्वयम्भूमा बस पल्टिँदा चालकको मृत्यु

निरन्तर न्यूज
१६ श्रावण २०७७, शुक्रबार ११:००

काठमाडौं । काठमाडौंको स्वयम्भूमा सार्वजनिक बस पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

बा ४ ख ५९८४ नम्बरको संयुक्त यातायातको बस ठूलोभर्‍याङ र हलचोक बीचको सडकमा पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्दाजी २३र२४ वर्षको देखिए पनि मृतकको सनाखत हुन नसकेको महानगरीय प्रहरी वृत्त स्वयम्भुका डिएसपी निरजन दत्त भट्टले जानकारी दिए।

उनका अनुसार राति करिब १ बजेको दुर्घटना भएको हो। पार्किङको लागि नयाँ बसपार्कतिर लैजाँदै गर्दा बस दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

मृतक बसका चालक हुन् कि सहचालक हुन् भन्ने विषयमा अनुसन्धान भइराखेको डिएसपी भट्टले बताए । गाडीमा चालक एक्लै भएकाले दुर्घटनामा अन्य कोही घाइते भएका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*