कोरोनाबाट जगदम्बा इन्टरप्राइजेजका सीईओको मृत्यु

निरन्तर न्यूज
१६ श्रावण २०७७, शुक्रबार ११:४७

काठमाडौं । केही दिनयता कोरोना भाइरसको संक्रमणबाट पर्सामा मृत्यु हुनेको संख्या बढ्न थालेको छ । दैनिकजसो वीरगन्जमा उपचार गराइरहेका संक्रमितको मृत्यु हुने गरेको छ ।

यसैक्रममा बिहीबार राति जगदम्बा इन्टरप्राईजेजका प्रमुख कार्यकारिणी अधिकृत मेवाराम शर्मा उपचारको क्रममा वीरगन्जमा निधन भएको छ । उनी भारतीय नागरिक हुन् । जगदम्बा इन्टरप्राइजेजका सञ्चालक अनिल रुंगटाले शर्माको निधनबाट उद्योग परिवार शोकमा डुबेको उल्लेख गरेका छन् ।

‘उहाँ एक कर्तव्यनिष्ठ, मिलनसार, इमानदार, अनुभवी, प्रेरणादायी व्यक्तित्व र यस उद्योग परिवारका अभिभावकतुल्य हुनुहुन्थ्यो। उहाँको अवसान हाम्रा लागि अपूरणीय क्षति हो। वहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं,’ रुंगटाले शुक्रबार फेसबुकमा शर्माको तस्बिर राख्दै समवेदना जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*