विराटनगरमा भोलिदेखि दुई साता लकडाउन

निरन्तर न्यूज
१६ श्रावण २०७७, शुक्रबार १५:३५

विराटनगर । विराटनगरमा भोलिदेखि बन्दाबन्दी (लकडाउन) गरिने भएको छ। कोरोना भाइरसका संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले १४ दिनका लागि लकडाउन गर्ने निर्णय भएको हो।

शुक्रबार जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले लकडाउन गर्ने निर्णय गरेको मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काले बताए।

विराटनगरमा संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको माग जनस्तरबाटै उठ्दै आएको थियो ।श्रोत नेपाल समय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*