४ दिनदेखि हराएकी युवतीको शव भेटियो

निरन्तर न्यूज
१६ श्रावण २०७७, शुक्रबार १६:५२

चितवन। चार दिनदेखि हराएकी भरतपुर महानगरपालिका वडा नम्बर ११ मालपोत चोककी सिर्जना गैरेको शव भेटिएको छ ।

उनको शव शुक्रबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ३ नगरवन छेउमा भेटिएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।

प्रहरीका अनुसार सो स्थानमा भेटिएको शव र हुलिया मिलेका कारण २८ वर्षिय गैरे रहेको परिवारले स्वीकार गरेको छ । घरबाट बजार जाने भनेर उनी निस्किएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*