निराञ्जली र दयाहाङको ‘बल्ल बल्ल भेट भो’

निरन्तर न्यूज
१६ श्रावण २०७७, शुक्रबार १७:३७

दिपा लामा र तेम्बा शेर्पाको आवाजमा समावेश ‘बल्ल बल्ल भेट भो’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । दिपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । भिडियोमा नायक दयाहाङ राईको साथमा मोडल निराञ्जली लामा, क्षितिज सुवेदीको अभिनय छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सुदिप बरालको छायांकन छ । ध्रुवराज पराजुलीको सम्पादन रहेको यो भिडियोमा मिलन चाम्सको निर्देशन छ ।

यो भिडियोमा नायक दयाहाङ राइलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । नृत्य गर्नका लागि निकै नै सकस मान्ने दयाले यो गीतमा निराञ्जलासँग खुलेरै नृत्य गरेका छन् । भिडियोमा दया र निराञ्जलाको रोमान्स, दयाको चुलबुले बानीलाई प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*