एसइईको नतिजा मंगलबारसम्ममा आउने

निरन्तर न्यूज
१६ श्रावण २०७७, शुक्रबार १७:५७

काठमाडौं । एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा मंगलबारसम्ममा प्रकाशित हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माका अनुसार आगामी सोमबार र मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको छ ।

उनले भने- ‘एसइई परीक्षाको नतिजा प्रकाशितको लागि अहिले तयारी गरिरहेका छौँ, सोमबार र मंगलबारसम्ममा नतिजा प्रकाशित हुने सम्भावना छ। सबै काम अन्तिम चरणमा पुगेको छ।’

यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*