मनहरीकाे मकरीमा सभाहल निर्माण गर्न युवाहरुले गरे २ लाख सहयाेग

हेटौँडा । मकवानपुरकाे मनहरी गाउँपालिका वार्ड नम्बर १ मा सभाहल निर्माणका लागि युवाहरुले आर्थिक सहयोग गरेका छन्।
सभाहल निर्माणका लागि नेपाली काँग्रेसका युवा नेता तथा व्यवसायी शंकर न्यौपानेकाे अगुवाइमा मनहरी गाउँपालिका क्षेत्रभित्रमा समाजसेवी १० जना युवाहरुले करिब दुई लाख रुपैया सभाहल निर्माणका लागि सहयाेग गरेका हुन् । संकलन गरिएकाे सहयाेग रकम शंकर न्याैपानेले सभाहल निर्माण समितिका संयाेजक राममणी न्याैपानेलाई आज हस्तानतरण गरेका छन् ।
१ नम्बर वडामा कुनै सभा, समारोह तथा कार्यक्रम गर्नु परेमा समस्या हुने भएकोले सभाहल निर्माणका लागि आफुले आर्थिक सहयोग गरेको युवा नेता शंकर न्यौपानेले बताए ।
करीब ५ लाख रुपैयाकाे लागतमा निर्माण भएकाे सभाहल यस पटकाे हरीतालिका तीज सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकाे स्थानीय युवा प्रदीप अधिकारीले जानकारी दिए ।