लागुऔषधसहित हेटाैँडाका सुरेश पक्राउ
हेटौँडा। ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरीले टोलीले अवैध लागूऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५ रोतोमाटेमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ च २८१७ नम्बरको पिकअप भ्यानलाई चेकजाँच गर्ने क्रममा १ सय ९३ एम्पुल डाइजेपाम, १ सय ८५ एम्पुल फेनारागन र २ सय ३ एम्पुल नुर्फिनसहित हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर १५ का वर्ष ३० का सुरेश नेपालीलाई पक्राउ गरेको हो ।
यता भ्यान चालक भने फरार रहेको र चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताए ।