मकवानपुरकाे एक कुखुरा खाेरमा आगलागी हुँदा ७ सय कुखुरा जलेर नष्ट

निरन्तर न्यूज
२७ श्रावण २०७७, मंगलवार १०:४८

हेटौँडा। मकवानपुरकाे मनहरी गाउँपालिका वडा नम्बर ५ डिल्लीपुरमा आज बिहान कुखुराकाे खोरमा आगलागी हुँदा खाेर सहित कुखुरा जलेर नष्ट भएकाे छ ।

आज बिहान करीब ४ बजेकाे समयमा स्थानीय कुखुरा पालक संगीता भट्टको कुखुराको खोर र गोठमा एक्कासी विद्युत सर्ट भइ आगलागी हुँदा २ वटा खोरमा रहेको १३ सय कुखुरा मध्ये ७ सय कुखुरा जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन् ।

स्थानीय गाेपाल सापाकाेटाका अनुसार बाेइलर जाताका १३ सय कुखुरा रहेकाे खाेरमा आगलागी हुँदा ७ सय कुखुरा नष्ट भएकाे हाे । गोठमा भएको चौपायालाई सार्न भ्याइएकोले चाैपाया सुरक्षित रहेकाे सापकाेटाले बताए ।

गोठ र खोरमा लागेको आगो स्थानीयहरूको सहयोग करिब २ घण्टापछि नियन्त्रण लिइएको सापकाेटाले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*