सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार

निरन्तर न्यूज
२७ श्रावण २०७७, मंगलवार ११:४८

काठमाडौं । लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबारयता भने घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन ८ सयले घटेको छ । सुन आज १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको छ ।

साताको पहिलो दिन आइतबार सुन ९ सयले घटेको थियो । सोमबार २ सयले घट्दै सुन प्रतितोला १ लाख २ हजार ४०० मा कारोबार भएको थियो ।

गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने ४० रुपैयाँ बढेको छ ।

चाँदीको आजको मूल्य प्रतितोला १ हजार ४३५ रुपैयाँ कायम गरिएको छ । यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख १ हजार १०० मा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*