मकवानपुरको बाग्गमती नदीमा महिलाको शव फेला

निरन्तर न्यूज
२८ श्रावण २०७७, बुधबार १२:२२

हेटौँडा । मकवानपुरको बाग्गमती गाउँपालीका वडा नम्बर ५ लिला वन स्थित बागमती नदी किनारामा एक महिलाको शव फेला परेको छ।

अन्दाजी ३० -३५ वर्षीया ती महिला शव बागमती नदी किनारामा निर्वस्त्र अवस्थामा भेटिएको र महिलाको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले जनाएको छ ।

नदी किनारमा पछाडीको भाग डुबेको अवस्थामा शव फेला परेको हो। उनको शव अहिले हेटौंडा अस्पतालमा राखिएको छ।

करिव ५ फिट ४ इन्च उचाई भएकी महिला मंगोलियन अनुहार र गहुँगोरो वर्णकी रहेको प्रबक्ता रानाले जानकारी दिए ।

मृतकको तस्बिर सार्वजनिक गर्दै प्रहरीले उनलाई चिन्ने व्यक्तिलाई १०० वा मकवानपुर प्रहरीको मोवाइल नं ९८५५०९०१५० मा सम्पर्क गर्न आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*