काठमाडौं उपत्यकामा एकै दिन १३८ जना कोरोना संक्रमित थपिए

निरन्तर न्यूज
२८ श्रावण २०७७, बुधबार १६:५५

काठमाडौं । काठमाडौं उपत्यकामा आज एकै दिन १३८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४ सय ८४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४० जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।जागेश्वर गौतमले १० हजार ४ सय ८१ जनाको पिसीआर परिक्षणमा ४ सय ८४ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ६४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १६ हजार ७ सय २८ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १०९ जना र ललितपुरका २१ जना र भक्तपुरका ८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २४ हजार ४ सय ६८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*