हेटाैँडा उपमहानगरका २० सहित मकवानपुरमा ३७ जनामा काेराेना देखियाे

निरन्तर न्यूज
२९ श्रावण २०७७, बिहीबार ११:०५

हेटौँडा ।   हेटाैँडा उपमहानगरपालिकाका २० जना सहित  मकवानपुरका आज ३७ जनामा कोरोना संक्रमित पुष्टि भएको बताइएकाे छ । हेटाैँडामा रहेकाे कोरोना आइसोलेसन वार्डका इन्चार्ज भाेला चाैलागाईका अनुसार अहिलेकाे रिपाेर्ट अनुसार जिल्लामा ३७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विवरण छ ।

हेटाैँडा ४ मा रहेकाे काेराेना आइसोलेसन वार्डले दिएकाे विवरण यस प्रकार रहेकाे छ ।

  • हेटौँडा उपमहानगरपालिका वडा नंबर २ :१ जना
  • हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ :४ जना
  • हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ :४ जना
  • हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ :७ जना
  • हेटौँडा उपमहानगरपालिका वडा नंबर १० :१ जना
  • हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ :१ जना
  • चितवनका र काठमाण्डाैँ ठेगाना भई हैटौँडा बस्ने  : १/१ जना
  • नेपाल प्रहरी :१० जना
  • भीमफेदी गाउँपालिका :३ जना
  • बकैया गाउँपालिका :२ जना
  • थाहा नगरपालिका :२ जना

यसरी कुल ३७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे जनाइएकाे छ । यस बारे अझै थप विवरण आउन बाँकी रहेकाे बताइएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*