भदौ ५ गतेसम्म लकडाउन

निरन्तर न्यूज
२९ श्रावण २०७७, बिहीबार १२:४३

बुटवल । कोरोना भाइरस ९कोभिड–१९० का संक्रमित बढेपछि स्थानीय तहमा सबै निर्णय लिने अधिकार गएको छ । संक्रमित बढेपछि बुटवलमा लकडाउन गरिएको छ। बुधबार रातिदेखि भदौ ५ गतेसम्म अत्यावश्यक सेवा बाहेक अरु बन्द हुनेगरी लकडाउन गरिएको हो।

बुटवल उपमहानगरमा बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको नगर उपप्रमुख गोमादेवी आचार्यले जानकारी दिइन्।‘बजारमा भीडभाड अत्याधिक भएपछि संक्रमण फैलिन सक्ने भन्दै लकडाउन गर्ने निर्णय गरियो’ उनले भनिन्। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह रोकेको छ।

नगरपालिकाका वडाबाट दिइने सबै सेवाहरु १० दिनका लागि रोकिएको हो। बुटवलका वडा नम्बर ११ र १३ मा कोरोना संक्रमितका बिरामी देखिएका छन्। एउटा टोल नै परीक्षणको दायरामा आएपछि नगरपालिकालाई लकडाउनको दवाब परेको हो।श्रोत जनबोली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*