हेटौंडामा अटो र ट्रक ठोकियो, २ जनाको मृत्यु

निरन्तर न्यूज
२९ श्रावण २०७७, बिहीबार १३:२७

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर -३ तीनतात्केमा अटो र ट्रक ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

बसामाडिबाट नेवारपानीतर्फ जाँदै गरेको ना६ख १६११ नम्बरको ट्रकमा भित्रि रोडबाट राजमार्ग तर्फ आउँदै गरेको ना २ ह ३४६५ नम्बरको अटो ठक्कर खाँदा ३ जना घाइते भएका हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि चुरेहिल अस्पताल ल्याएपछी डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले  जानकारी दिए  । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।

मृतकको शव हेटौंडा अस्पतालको शव गृहमा रहेको प्रहरीले जनाएको छ । घाइते अटो चालक मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुर बस्ने ४७ बर्षीय ठुलोकान्छा खड्काको चुरेहिलमा उपचार भईरहेको छ । उनको शरीरको विभिन्न भागमा चोट रहेको प्रबक्ता रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*