म्यान्चेस्टर सिटीलाई स्तब्ध पार्दै लियोनले लिगको सेमिफाइनल यात्रा तय गर्याे

निरन्तर न्यूज
३२ श्रावण २०७७, आईतवार ०८:४२

काठमाडौं । यूरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति सम्पन्‍न अन्तिम क्‍वाटरफाइनल खेलमा फ्रेन्च क्लब लियोनले जीत हात पारेको छ । बलियो मानिएको इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई ३-१ ले हराउँदै लियोन सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको २४औंं मिनेटमा म्याक्सवेल कर्नेटको गोलमार्फत लियोनलले अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले पछि परेको सिटीका लागि केभिन डि ब्रुइनाले ६९औं मिनेटमा गोल फर्काएका थिए ।

तर मौसा डेम्बेलेले ७९औं र ८७औं मिनेटमा गोल गरेपछि लियोनको जीत निश्‍चित भएको थियो ।

जीतसँगै अन्तिम चारमा स्थान पक्का गरेको लियोनले फाइनल प्रवेशका लागि बायर्न म्युनिखसँग प्रतिष्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा पिएसजी र लेपजिग आमनेसामने हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*