उर्मिलाको ‘लिन आउँछु भन्थ्यौ’ सार्वजनिक

निरन्तर न्यूज
२६ भाद्र २०७७, शुक्रबार ११:१७

‘लिन आउँछु भन्थ्यौ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा हाल अमेरिकामा बस्दै आएकी गायिका उर्मिला लाम्गाडेको स्वर छ।

उर्मिलाले ‘दलन’ नामक सिरियलमा काम गरेकी थिइन्। यो उनको आवाजमा समावेश पहिलो गीत हो।

दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीत संगीतकार अर्जुन पोखरेलले दिएका छन्।

गीतको भिडियोमा नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेका छन्।

कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*