नारायणगढ–मुग्लिन सडक दुर्घटनामा घाइते चालकको मृत्यु

निरन्तर न्यूज
२९ भाद्र २०७७, सोमबार १२:२८

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको खहरे पुल नजिकै ट्रक ठोक्किँदा घाइते भएका ट्रक चालकको मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित खहरेपुल नजिकै काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र विपरीत दिशातर्फ गइरहेको ना ४ ख ८०११ नम्बरको ट्रक आपसमा ठक्कर खाँदा दुवै ट्रकका चालक र ट्रकमा सवार ४ जना घाइते भएका थिए।

घाइते ६ जनामध्ये ना ४ ख ८०११ नम्बरको ट्रकका चालक बारा प्रवानिपुर-२ बस्ने २८ वर्षीय अजय शाहको मृत्यु भएको प्रहरीले बताए ।

भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो। अन्य ५ जनाको उपचार भइरहेको छ।

दुर्घटनापछि अवरूद्ध भएको राजमार्ग ट्रकलाई पन्छाएर खुलाइएको चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले जनाएको छ ।श्रोत सेतोपाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*