नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

निरन्तर न्यूज
२९ भाद्र २०७७, सोमबार १३:४९

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ। उनी सहित निगमका दुई वरिष्ठ पाइलटमा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएपछि लामासहित अर्का पाइलट होटल सोल्टीको आइसोलेसनमा पुगेका छन्। स्टार अस्पतालमा आइतवार स्वाब दिएका दुबै पाइलटको सोमवार बिहान संक्रमण पुष्टि भएको हो।

दुबै जनाले निगमको वाइडबडीमार्फत तीन दिन अघिमात्र शान्ति मिसनमा खटिएका नेपाली सेनाको टोलीलाई दक्षिणी सुडान लगेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*