कपिलवस्तुका २ जना सङ्क्रमितको ज्यान गयो

निरन्तर न्यूज
२९ भाद्र २०७७, सोमबार १४:१७

कपिलवस्तु । रुपन्देहीको बुटवल र भैरहवामा उपचाररत कपिलवस्तुका एक पुरुष र एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेमा शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिला र ५८ वर्षीय पुरुष छन् ।

४७ वर्षीया महिलाको बुटवल धागो कारखानामा बनाइएको कोरोना अस्थायी अस्पतालमा सोमबार बिहान ज्यान गएको हो । ५८ वर्षीय पुरुषको भैरहवाको भीम अस्पतालमा उपचारको क्रममा आइतबार राति ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ज्यान गुमाएकी महिलामा मिर्गौला र उच्च रक्तचापको समस्या रहेको थियो । उहाँलाई गएको भदौ २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।

ज्यान गुमाएका अर्का पुरुषलाई दमको समस्या रहँदै आएको थियो । उहाँलाई भदौ २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमणका कारण कपिलवस्तुमा अहिलेसम्म नौ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*