सिन्धुपाल्चाेककाे राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडको भुकम्प

निरन्तर न्यूज
३१ भाद्र २०७७, बुधबार ०७:३०

काठमाडाैं । काठमाडौं उपत्यका र यसको आसपास भुकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ५ः१९ बजे काठमाडौंबाट उत्तरपूर्वतिर ६३ किलोमिटर टाढा केन्द्र बनाएर १० किलोमिटर गहिरो भुकम्प महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएका छन् ।

राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्र बनाएर बिहान ५ः१९ बजे ६ रेक्टर स्केलको भुकम्प महसुस गरिएको जनाएको छ ।

झिसमिसेमै शक्तिशाली धक्का महसुस गरेपछि मानिसहरु होहल्ला गर्दै घरबाहिर निस्किएका थिए । धक्का उपत्यका आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*