पूर्वप्रधानन्यायाधीश सिंहको निधन

निरन्तर न्यूज
३१ भाद्र २०७७, बुधबार ०७:४३

काठमाडौं । पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ । सिंहको काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे १०० वर्षको उमेरमा निधन भएको हो ।

निमोनियाका कारण सिंहको निधन भएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

उनले वि.सं. २००३ सालमा सरकारी सेवा सुरु गरेका थिए । वि.सं. २०१२ सालमा शाही सल्लाहकारमा मनोनयन पनि भएका थिए । लगत्तै वि.सं. २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि उनले प्रधानन्यायाधीशका रुपमा तीन वर्षसम्म सर्वोच्चको नेतृत्व गरेका थिए ।

सर्वोच्चबाट बाहिरिएपछि उनले २०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भए भने उनले कानून, वनलगायतका मन्त्रीको जिम्मेवारी पनि पाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*