लामो दुरीका सवारी साधन असाेज १ बाटै चल्ने, ५० प्रतिशत भाडा बढ्यो

निरन्तर न्यूज
३१ भाद्र २०७७, बुधबार ०७:५०

काठमाडौं । लामो दुरीका सवारी साधन असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।मन्त्री ज्ञवालीका अनुसार सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ ।

यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ भने एउटा लहरमा एउटामात्र यात्रु बस्नु पर्नेछ। यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ ।

यससम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने मन्त्री ज्ञवालीले जानकारी दिए ।

यसैगरि आन्तरिक हवाई सेवा पनि असोज १ गतेदेखिनै सञ्चालनमा आउने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*