गायक प्रकाश सपूतको ‘उड्यो चरी’ बोलको गीत सार्वजनिक

निरन्तर न्यूज
६ आश्विन २०७७, मंगलवार १५:४३

काठमाडौं । पछिल्लो समयका लोकप्रिय गायक प्रकाश सपूतको नयाँ गीत सार्वजनिक भएको छ । ‘उड्यो चरी’ बोलको गीत हालै सार्वजनिक भएको हो ।

यस गीतमा करण न्यौपानेको शब्द रहेको छ । गीतमा लोकप्रिय गायक प्रकाश सपूत , माण्डवी त्रिपाठी र तेजस्वी पन्तको स्वर रहेको छ। गीतलाई विपिन आचार्यले अरेन्ज गरेका हुन् ।

गीतको कथानक एकदमै मन छुने खालको छ । आर्थिक अवस्था कमजोर भएको परिवारमा श्रीमान् अशक्त हुँदा परिवार र छोरीलाई छोडेर परदेशिएकी श्रीमती विदेशबाट घर फर्किँदा बाकसमा आउनु परेको कथावस्तु गीतमा उतारिएको छ ।

गीतको भिडियोमा कलाकार शिवन पोखरेल, रोश्नी कार्की र एल्भिना खड्काको दमदार अभिनय छ ।

यस गीतको भिडियोलाई देबेन्द्र बब्लुले निर्देशन गरेका हुन् । यस्तै अनिल कृष्ण मानन्धरले भिडियो खिचेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका हुन् । ‘उड्यो चरी’ लाई विन्दवासिनी म्युजिक प्रा.लिले बजारमा ल्याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*