नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु

निरन्तर न्यूज
९ आश्विन २०७७, शुक्रबार १६:५८

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा मोरङकी ६० बर्षिय, काठमाडौँकी ७५ बर्षिय र कपिलवस्तुकी ७० बर्षिय महिला छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा मोरङका ५५ बर्षिय, सप्तरीका ७० बर्षिय, ललितपुरका ५१ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । नेपालमा अहिले कोरोनासंक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*