मकवानपुरकाे विमिरे खाेलामा शव भेटियाे

निरन्तर न्यूज
१० आश्विन २०७७, शनिबार ११:४२

हेटौँडा । मकवानपुरको उत्तर क्षेत्रको कैलाश गाउँपालिकामा रहेकाे विमिरे खोलामा एक पुरूषको शव भेटिएको छ।

शनिबार बिहान कैलाश गाउँपालिकाकाे वडा नम्बर ५ र १ को सिमानामा पर्ने खोलामा शव भेटिएपछि स्थानीयले जनप्रतिनिधि मार्फत् प्रहरीलाई खबर गरिएकाे हाे ।

ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास लामाकाे कमाण्डमा प्रहरीकाे टाेली घटनास्थल तर्फ जाँदै गरेकाे र घटनास्थल पुग्न २ घण्टा लाग्ने प्रहरी निरीक्षक लामाले निरन्तर न्यूजलाई बताए ।

घटनाको थप विवरण प्राप्त हुन सकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*