हेटौंडाको साबुन उद्योगमा आगलागी

निरन्तर न्यूज
१२ आश्विन २०७७, सोमबार १०:३५

हेटौंडा। मकवानपुरको हेटौंडा -८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति शप उद्योगमा आगलागी भएको छ । सोमबार बिहान विद्युुत सर्ट हुँदा उद्योगको काटुन गोदाममा आगलागी भएको हो ।

हेटौंडा उपमहानगरपालिकाको दमकल सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रण आएको प्रहरीले जनाएको छ ।

आगोलागीबाट उद्योगको केमिकल तथा अन्य सामग्री नष्ट भएको छ । आगोलागीबाट ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*