११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा साह पक्राउ

निरन्तर न्यूज
१२ आश्विन २०७७, सोमबार १४:४१

सप्तरी । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तकोशी नगरपालिका १ बस्ने २२ वर्षीय शंकर साहलाई प्रहरीले पक्राउ गरेको छ । साहले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

त्यसै गरी मोरङमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरु विराटनगर महानगरपालिका ८ बस्ने २० वर्षीय मोहमद सहिद मिया र सोही ठाउँ बस्ने २५ वर्षीय मोहमद असलम मियालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई विराटनगर महानगरपालिका ८ सुकुम्बासी टोलबाट पक्राउ गरेको जनाएको हो ।

उनीहरु उपर जबरजस्ती करणी उद्योग अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*