हेटौंडा–७ को न्यूरेनीमा मोटरसाइकल ट्रिपरमा ठोक्किदा, दुईजना घाइते

निरन्तर न्यूज
१३ आश्विन २०७७, मंगलवार १४:५०

हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा–७ न्यूरेनीमा रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् ।

हेटौंडाबाट चौघडा बजारतर्फ जाँदै गरेको ना १५ प ५१७० नम्बरको मोटरसाइकल न्युरेनि चोकमा रोकिराखेको ना ६ ख ६७५३ नम्बरको टिपरसँग ठोक्किदा मोटरसाइकलका दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन् ।

मंगलबार दिउँसो सवा १ बजेको समयमा दुर्घटना भएको हो ।दुर्घटनामा घाइते हुनेमा मोटरसाइकल चालक बकैया-५ का २१जुत्ते थिङ र मोटरसाइकलमा सवार सोहि ठाउँ बस्ने ३१ बर्षीय ईन्द्र बहादुर थिङ रहेको र दुबैजना घाइतेलाई अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको रानाले जनाएको छ ।

घाइते मध्ये मोटरसाइकलमा सवार बकैया -५ का ३१बर्षीय ईन्द्र बहादुर थिङको अवस्था गम्भीर रहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*