जनस्वास्थ्य सेवा ऐन २०७५ बारे सरोकारवालाको भर्चुअल टाउन हल मिटिङ सम्पन्न

निरन्तर न्यूज
१३ आश्विन २०७७, मंगलवार १७:१३

हेटौंडा । जनस्वास्थ्य सेवा ऐन २०७५,लाई अध्ययन गरी नेपाल कानुन समाज, एन डिआई र प्रत्यायोजित ब्यबस्थापन तथा सरकारी आश्वासन समितिसँग विभिन्न सरोकारवालासँग भर्चुअल टाउन हल मिटिङ सम्पन्न गरिएको छ ।
प्रत्यायोजित बिधायन समितीद्वारा तयार गरिएको प्रतिबेदनमा बागमती प्रदेशका सरोकारवालासंग आज बिहान छ्लफल गरिएको हो । नागरिक संबाद केन्द्र, बागमती प्रदेशका प्रमुख रघुनाथ खरालले सहजीकरण गरेको छलफलमा समितिका सभापति राम नारायण बिडारीको प्रमुख आतिथ्यता रहेको थियो ।

बागमती प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठसहित संबिधान सभाका सदस्य, राष्ट्रिय सभाका सदस्य, बागमती सभाका सदस्य, कानुन समाजका प्रतिनिधिहरु,वकिल, अधिकारकर्मी, पत्रकार, प्रोफेसर, चिकित्सक, स्वास्थ्य मन्त्रालयका अधिकारी विभिन्न स्वास्थ्य कार्यालयका प्रमुख निजि अस्पतालका चिकित्सक लगायतको उपस्थिति रहेको थियो ।

सुदर्शन खड्का, लाल बहादुर बस्नेत लगायतले आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । संबिधान सभा सदस्य खिमलाल देबकोटा, सभापति बिडारी, कृष्णमान प्रधान लगायतले सहभागीले उठाएका जिज्ञासालाई सम्बोधन गर्नु भएको थियो । ध्रुब चौलागाईं लगायतले जन स्वास्थ्य, निजि र सरकारी अस्पतालमा लिइने शुल्क, रेफर गर्दा प्रयोग हुने कानुनका बिषय उठान गरेका थिए । जनकपुर र विराटनगरमा पनि यस प्रकारको बैठक हुने खरालले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*