बागलुङमा १० हजार लिटर अवैध घरेलु मदिरा नष्ट

निरन्तर न्यूज
१४ आश्विन २०७७, बुधबार १२:५२

बाग्लुङ । जिल्ला प्रहरी कार्यालयलय बागलुङले पछिल्लो ३ दिनमा बरामद गरेको १० हजार अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

प्रहरीले सोमवार ४ हजार र मंगलवार ६ हजार ५०० गरी हालसम्म १० हजार ५०० लिटर अवैध घरेलु मदिरा तथा मदिराको कच्चा पदार्थ नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र यसअन्तर्गतका प्रहरी चौकी तथा युनिटहरुले बरामद गरेको मदिरा पत्रकार तथा सरकोकारवाला निकायको रोहवरमा नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले बढाएको सक्रियतासँगै पछिल्लो तीन दिनमा मात्रै उक्त मदिरा र कच्चा पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार केही मदिरा बिक्रीका लागि तयारी र केही मदिरा उतपादनमा प्रयोग हुने कच्चा सामग्री जाँड, मरचालगायत केही अखाद्य सामग्री बरामदपश्चात नष्ट गरिएको हो ।

प्रहरी चौकी निसीखोला, प्रहरी चौकी ग्वालीचौर, जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी, प्रहरी चौकी कुडुले र पञ्चकोट, प्रहरी चौकी मालढुंगा, इलाका प्रहरी ताराखोला, प्रहरी चौकी हटिया, प्रहरी चौकी नरेठाँटी, इलाका प्रहरी भिमगिठे, इलाका प्रहरी झिवाखोला, प्रहरी चौकी बोङ्गादोभान र प्रहरी चौकी ग्वालीचौरले हालसम्म १० हजार ५०० लिटर अवैध घरेलु मदिरा बरामद गरेको थियो । यो अभियान निरन्तर सञ्चालन हुनेछ ।

प्रहरीले मंगलवारदेखि अवैध रहेको गाँजाका बोट फडानीसमेत शुरू गरेको छ । प्रहरीले जिल्लाको तमानखोला गाउँपालिका–२ र बागलुङ नगरपालिका १२ अमलाचौरमा ३०० गाँजाको बोट फडानी गरेको छ ।रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*