बोलेरो जीपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

निरन्तर न्यूज
१४ आश्विन २०७७, बुधबार १३:१६

झापा । शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी स्थानीय ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो।

जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडको बिएन्डसी हस्पिटलमा लगिएकामा उपचारका क्रममा मंगलबार साँझ नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले जीप र चालक अमृतबहादुर योङ्हाङलाई नियन्त्रणमा लिएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*