बाबुरामविरुद्ध मानहानीको मुद्दा हाल्ने आँट देखाऊ : डा. लोहनी

निरन्तर न्यूज
२९ आश्विन २०७७, बिहीबार ०८:०७

काठमाडौं । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध मानहानीको मुद्दा हाल्ने आँट देखाउनुपर्ने बताएका छन् ।

डा. भट्टराईले शीर्ष नेताहरुलाई भ्रष्टाचारीको आरोप लगाएको भन्दै लोहनीले सो धारणा सार्वजनिक गरेका हुन् ।

लोहनीले फेसबुकमा लेखेका छन्, ‘डा. बाबुरामले नेपालका ‘ठूला’ नेताहरुलाई भ्रस्टाचारको आरोप लगाए छन् । यो गम्भीर कुरो हो । अब यसको उपचारको लागि मानहानीको मुद्दा अदालतमा हाल्ने आट देखाउनु जरुरी छ ।’

आरोप लगाउनेले आफ्नो प्रमाण नदेखाउने र आरोपितहरुले अदालत जाने आँट नगर्ने हो भने यी सबै मिलीभगत हुने लोहनीको धारणा छ ।

डा. भट्टराईले बुढीगण्डकी आयोजनामा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार गरेको आरोप लगाएका छन् । गृहजिल्ला गोरखामा आयोजित एक कार्यक्रममा भट्टराईले ओली, प्रचण्ड र देउवाले बुढीगण्डकीमा ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै त्यसको प्रमाण दिनसमेत आफू तयार रहेको बताएका थिए ।

भट्टराईको सो अभिव्यक्तिको नेकपा र नेपाली कांग्रेसले विज्ञप्ति निकालेर खण्डन गरेका छन् । श्राेत : अनलाइनखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*