कस्तो छ आज सुनचाँदीको मूल्य ?

निरन्तर न्यूज
२९ आश्विन २०७७, बिहीबार ११:१८

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर छ । बुधबार सुन ९४ हजार ५०० मा कारोबार भएको थियो ।

आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सोमबार स्थिर रहेको भएपनि मंगलबार भने ५ सयले घटेको थियो । मंगलबार ९५ हजार १ सयमा कारोबार भएको सुन बुधबार ९४ हजार ५ सयमा कारोबार भएको थियो । आज विहिबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

गत साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । बुधबार ८ सयले नै घटेको सुन विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । शुक्रबार ९ सयले बढ्दै ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजाबी सुनको आजको मूल्य ९४ हजार कायम गरिएको छ ।

यता चाँदीको भाउ भने आज ५ रुपैयाँ घटेको छ । आज चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*