कोरोनाबाट हेटौंडाका दुई वृद्धको मृत्यु

निरन्तर न्यूज
२९ आश्विन २०७७, बिहीबार १६:०४

हेटौडा । हेटौंडा उपमहानगरपालिका—९ का कोरोना संक्रमित दुई जना वृद्धको बुधबार राति मृत्यु भएको छ । एक जनाको चितवनस्थित मेडिकल कलेजमा र अर्का एक जनाको घरमै मृत्यु भएको वडाध्यक्ष लक्षमणप्रसाद भण्डारीले वताए । उनका अनुसार बुधबार साँझ ७७ वर्षीय वृद्धको घरमै मृत्यु भएको हो भने ६८ वर्षीय पुरुषको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

चितवनमा मृत्यु हुने वृद्धको कोरोना संक्रमण पुष्टि भएर उपचारको क्रममा मृत्यु भएको र अर्का वृद्धको भने स्वाब परीक्षणका लागि बुधबार बिहानै पठाइएको भए पनि मृत्युपछि मात्रै सङ्क्रमण पुष्टि भएको हो ।

बिरामी भएर घरमै रहेका वृद्धको छोरामा कोरोना संक्रमण पुष्टि भएकोले स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहानै स्वाब संकलन गरिएको वडा अध्यक्ष भण्डारीले बताए । मृत्यु भएपछि मात्रै वृद्धमा कोरोना संक्रमण पुष्टि भएको जानकारी आयो ।

मकवानपुरमा यी दुई वृद्धसहित कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ६ जना महिला र १३ पुरुष रहेका छन् । तीमध्ये ५ दिनको बालिका पनि कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए ।

मकवानपुरमा बिहीबारसम्म २ हजार ७६ जना कोरोना संक्रमित भएका छन् । तीमध्ये २ हजार ४ सय ६४ जना निको भइसकेका छन् । स्वास्थ्य कार्यालयका अनुसार ५ सय ८ जना होम आइसोलेसनमा छन् भने ९७ जना संस्थागत आइसोलेसनमा छन् ।श्रोत कान्तिपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*