काठमाडौं उपत्यकामा थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि

निरन्तर न्यूज
२९ आश्विन २०७७, बिहीबार १६:२७

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जना संक्रमित थपिएका छन् ।

यसअघि बुधबार (हिजो)काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी जम्मा १४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*